एजेन्सी । विगतमा लामो समयसम्म के मान्यता थियो भने अण्डा खानाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ । यद्यपि पछिल्लो समयमा यस्तो गलत मान्यतामा केही परिवर्तन आएको छ, तर धेरै स्वास्थ्य विज्ञहरुले अझै पनि अण्डाको अधिक सेवन गर्न नहुने सल्लाह दिन्छन् ।
अण्डाको दैनिक सेवनका विषयमा पछिल्लो पटक भएको एक चर्चित परीक्षणले पुनः तात्तातो बहसको सिर्जना गरेको छ ।
एक महिनामै ६० वटा अण्डा खानु भनेको चानचुने होइन । तर २५ वर्षे ती चिकित्सा शास्त्रका विद्यार्थीले अण्डाले हाम्रो शरीरमा पार्ने प्रभावलाई देखाउन सहजै रुपमा अविश्वसनीय तबरले अण्डा खाए । अत्यधिक अण्डाको सेवनले पनि आफ्नो खराब कोलेस्ट्रोलमा कुनै नकारात्मक असर नपर्ने उनको अनुमान थियो । नतिजा त झनै उत्कृष्ट आयो । अण्डाको सेवनले त शरीरको खराब कोलेस्ट्रोल झनै घटेको पाइयो ।
सुरुवातमा ९० मिलिग्राम प्रति डेसिमिटर रहेको उनको खराब कोलेस्ट्रोल अर्थात् एलडिएल हरेक घण्टा अण्डा खाने प्रयोगपछि २० प्रतिशतले घटेको पाइयो । त्यसैले अण्डाको अत्यधिक सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ भन्ने मान्यता गलत रहेको जनाउँदै उनले तर कुन खानेकुरा कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरा व्यक्तिको पाचन क्षमता तथा मेटाबोलिजममा भर पर्ने जनाउँछन् ।