अर्थतन्त्रमा सकारात्मक सुधार

7

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्।

तुलसिपुर १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको जनाए।

महासचिव पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए। उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here