काठमाडौं । हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल नेपाल आइपुगेकी छिन्।
उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन्।
अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको छ।
नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीको प्रशिक्षणको क्रममा साम्बा र रेखा अनुपस्थित रहेपनि त्यसै अनुसार तयारी गरिरहेको जनाएका थिए। केही साता अघि सम्पन्न महिला राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ता रहेकी रश्मी घिसिङलाई लिएर योजना बनाएको उनले जनाएका थिए। अब रेखाको आगमनले त्यसलाई थप सहज हुने अनुमान रहेको छ।
त्यस्तै घरेलु मैदानमा हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ।
साफ महिला च्याम्पियनसिपमा नेपालको खेल:
२ कात्तिक २०८१ – १८ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध भुटान
५ कात्तिक २०८१ – २१ अक्टोबर २०२४ – साँझ ५:३० बजे – माल्दिभ्स विरुद्ध नेपाल
८ कात्तिक २०८१ – २४ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध श्रीलंका
११ कात्तिक २०८१ – २७ अक्टोबर २०२४ – सेमिफाइनल
१४ कात्तिक २०८१ – ३० अक्टोबर २०२४ – फाइनल