नेपाली राष्ट्रिय महिला फुटबल टाेलीकी डिफेण्डर पूजा राना सम्मानित

14

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर पूजा राना गृहजिल्ला बाँकेमा सम्मानित भएकी छन् । साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीकी डिफेन्डर पूजा रानालाई मंगलबार कोहलपुर नगरपालिकाले ५१ ह्जार रुपैयाँसहित सम्मान गरेको हो ।

नेपाललाई साफ वुमन्स च्याम्पियन्सिप २०२४ को फाइनलमा पुर्‍याउन पूजाले भूमिका खेलेकी थिइन् । त्यसक्रममा नेपाली टिमको लागि विशेष योगदान गरेका भन्दै पूजालाई सम्मान गरिएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

गृहनगरमा पाएको पहिलो सम्मानले आफूलाई खेल क्षत्रेमा थप हौसला प्रदान गरेको भन्दै सबैलाई धन्यवाद दिइन् । साथै उनले भविष्यमा थप मिहिनेत गर्दै अझ राम्रो उपलब्धीका लागि अगाडि बढ्न प्रोत्साहन मिलेको बताइन् ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ संस्करणको साफमा पूजाले सिनियर टिममा डेब्यु गरेकी थिइन् । काठमाडौंमा भएको सातौं संस्करणमा उनले तीन खेल मात्र खेलिन् । भुटानविरुद्ध पहिलो खेलमै घाइते भएकी उनले माल्दिभ्स र श्रीलंका विरुद्ध खेलिनन् । त्यसपछि भारत विरुद्ध सेमिफाइनल र बंगलादेश विरुद्ध फाइनलमा खेलेकी थिइन् ।

नेपाल फाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदै उपविजेता बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here