पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजालसमा म्याद थपको बहस हुँदैछ ।
बाहिर सडकमा नेता-कार्यकर्ताले भने विरोध प्रदर्शन गरेका हुन् । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धता लागि रास्वपाले पार्टी कार्यालय जिरोकिलोमिटरबाट सुरु गरेको विरोध र्याली सृजनाचोक, सिदार्थचोक हुँदै मानवअधिकारचोक, चिप्लेढुंगाहुँदै महेन्द्रपुलमा पुगेको छ ।
विरोध र्यालीमा सहभागीले ‘रवि दाइलाई न्याय दे, राजनीतिक प्रतिशोध साँध्न पाइँदैन, भ्रस्ट सरकार मुर्दाबाद, ८८ अर्ब फिर्ता गर’लगायत नारा लगाएका छन्।
मंगलबारको बिरोध सभामा निकै कम केन्द्रीय नेता उपस्थित छन् । विगतको तुलनामा कार्यकर्ताको संख्या पनि कम देखिन्छ ।