काठमाडौं । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुसँगै अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन्।
घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला संग्रौलाले निषेधित क्षेत्र तोडेको भन्दै उठाएर भ्यानमा हालिएको बताइन्। पक्राउ पर्नेमा आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याल छन्।
कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ। प्रहरीले अदालत परिसरमा मानिसहरुलाई भेला हुन दिएको छैन। अदालतको गेटबाट नजिकै रहेको चियापसको बाहिर रास्वपाका ५–६ जना कार्यकर्ता बसेका थिए। उनीहरुसँगै टिकट किन्न आएका दुईजनालाई पनि भ्यानमा हालिएको छ।