काठमाडौं । भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो ।
‘विस्तारा’ सिंगापुर एअरलाइन्स र टाटा सन्सको संयुक्त कम्पनी थियो । तर, अब यसलाई टाटा समूहको स्वामित्वमा रहेको एअरलाइन्स कम्पनी एअर इन्डियासँग गाभ्ने तयारी भइरहेको छ । यो मर्जरपछि ‘विस्तारा’ एअरलाइन्स एअर इन्डियामार्फत सञ्चालन हुनेछ । यसमा हेल्पडेस्क र टिकट अफिस पनि समावेश छ ।