मानव शरीका लागि दाँत एक महत्त्वपूर्ण अङ्ग मानिन्छ । यसले शरीकाे अनुहारको सौन्दर्य बढाउन निक्क ठूलाे भूमिका खलेकाे हुन्छ । यसकारण मिलेका सेता, चम्किला दाँतहरूले तपाईँको सुन्दरता बढाएकाे हुन्छ । तर सबैको दाँत सेतो र चम्किलो अनि मिलेको हुँदैन ।
कतिपय मानिसहरूमा स्वास्थ्यको खराबीले यस्तो समस्या आउँछ । तर प्राय मानिसको आफ्नै लापरबाहीले यस्ता समस्या आउँछन् । हाल युवा देखि वृद्धा सबैले चुरोट, पान, पराग, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्ने गर्छन् । जसको कारण दाँत पहेँलो हुने र दाँत सम्बन्धी अन्य विभिन्न समस्याहरू देखा पर्छन्। यति मात्र नभई सास गन्हाउन सक्छ ।
दाँत चम्किलो बनाउने घरेलु उपाय
एउटा सफा कचौरामा थोरै मन्जन, सानो चम्चाको आधा भन्दा कम बेकिङ सोडा, एक चिम्टी नुन, एक चिम्टी फिटकीरी, आधा टुक्रा कागतीको रस र थोरै कफीको पाउडर मिसाउनुहोस् त्यसपछि सो पेस्टले करिब दुई मिनेटसम्म ब्रस गर्नुहोस् ।
यो विधिलाई १५ दिनमा दुई पटक जत्ति प्रयोग गर्नुहोस् । जसले पहेँलो दाँतलाई चम्काउन र सास फ्रेस बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।