काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।
विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।



















