नेपाल कम्युनिस्ट पार्टीले दिपावली गर्ने

10
;f]daf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf a+unfb]zaf6 sf7df8f} cfPsf] o'o; a+ufn ljdfg cat/0fsf s|ddf b'3{6gfdf k/L Hofg u'dfPsf ofq'x?sf] cfTdfsf] zflGtsf] sfdgf ub}{ dfOlt3/ d08nfdf bLk k|Hjng . t:jL/ M gjLg kf}8]n

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ७ गते बेलुका दिपावली गर्ने जनाएको छ।पार्टी पुनर्गठनको ११ औं दिबसको सन्दर्भमा बेलुका ५:३०बजे पार्टी सम्बद्ध संगठनका निकाय देखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने नेकपाले जानाएको हो।

बिचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रमलाई महासचिव विप्लव लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेबारे यसअघि नै सार्वजनिक गरिएको पोस्टर मार्फत जानकारी दिइएको छ।

पुनर्गठन दिवसलाई नेपाली क्रान्ति र जनताको पहलकदमीका हिसाबले महत्त्वपूर्ण दिन भएकोले देशभर विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सवको रूपमा मनाउने नेकपाले निर्णय गरेको छ।

काठमाडौको भृकुटीमण्डपमा हुने कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११: ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन समेत गरिने नेकपा पोलिटब्युरो सदस्य एवम् काठमाडौ जिल्ला इन्चार्ज माइला सीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here