प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने : देउवा

11

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने जनाएका छन्।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारत लगायतका देशहरुमा पनि यही व्यवस्था रहको जनाएका हुन्।

उनले अगाडि भने, ‘संविधान संशोधन किन भनिरहेका छन्। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो।’

सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय समेत उल्लेख छ।

कांग्रेस सभापति देउवाले प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने पनि स्पष्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here