धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने जनाएका छन् ।
आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।
उनले सरकारका मन्त्री परिवर्तन गर्नेबारे दुई दलबीच छलफल नभएको पनि उनले जनाए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने ।