स्थानीय सडक सुधार कार्यक्रम सुरु

6

काठमाडौं । सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ ।

यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२ करोड ८० लाख अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) मा लगानीमा यो कार्यक्रम सुरु भएको हो ।

विश्व बैंकका अनुसार यस परियोजनाले प्रादेशिक र स्थानीय सडक सञ्जालको सुरक्षा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, सडक विस्तारको समेत योजना छ । सडक सञ्जाल व्यवस्थापन गर्ने सरकारको क्षमता अभिवृद्धि लक्ष्यसमेत छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो परियोजना अगाडि बढाउँदैछ ।
बिहीबार प्रदेश मन्त्रीहरूको उपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले परियोजना सुरु गरे । परियोजनाले दिगो पूर्वाधार निर्माणमा टेवा दिने सिंहले जनाए ।

आयोजनाको पहिलो चरणमा १ सय ८० किलोमिटर सडक र पुल स्तरोन्नति योजना छ । तोकिएका प्रदेश तथा स्थानीय तहका ४ सय किलोमिटर मर्मत गर्ने र विद्यमान् ७ सय किलोमिटर प्रादेशिक सडक तथा पुलसमेत मर्मत गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ । त्यस्तै १ सय किलोमिटर सडकलाई सबै मौसममा चल्नयोग्य बनाउने समेत आयोजनाको लक्ष्य छ । यसले स्थानीय तहबीच सडक सञ्जाल विस्तार गर्ने छ ।

विश्व बैंकका अनुसार तीन चरणमा कार्यान्वयन हुने यस परियोजनाको पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १३ स्थानीय तहमा काम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here