‘हिमालयन चितुवा’ नेपाल आए

11

काठमाडौं । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका छन् ।

जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

विमानस्थलमा कुरा गर्दै उनले धेरै समयपछि नेपाल आउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् । आफ्ना बुबा देव घिमिरेसँग प्रशिक्षण लिइरहेको बताउने उनले अब आफ्नो नेपाल बसाइका क्रममा अन्य खेलाडीहरूलाई पनि अनुभव बाँड्ने जनाएका छन् ।
उनले गत महिना जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा विजयी हुँदै वर्ल्ड च्याम्पियन हुन सफल भएका थिए । उनले हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् ।

युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here