काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
यस अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरू गर्नु पर्ने हुन्छ ।
‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो ।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
यस योजनामार्फत ग्राहकहरूले आफ्नो बैंक खाताहरू लिङ्क गरेर आफ्नै मोबाइलबाट सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्ने उनको भनाई छ ।