बीआरआईको ऋण लिने हाम्रो अवस्था छैन:ओली

14

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको जनाए।

आफ्नो चीन भ्रमण उपलब्धि हुने भन्दै उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’

उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि जनाए । ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here