काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे ।
उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु । तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेरबहादुर देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । जनतालाई म भन्न चाहन्छु यस्ता कुनै भ्रममा नपर्नुहोस् ।’
उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको धारणा छ ।