काठमाडौं, ८ मंसिर काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २२९४ नम्बरको बसलाई जाँच गर्न क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने 3 १९ वर्षीय सुसान्त विश्वास समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिबास नगरपालिका-२ सान्ने बस्ने २७ वर्षीय संजिप तामाङ, ३६ वर्षीय राजेश तामाङ, सोही नगरपालिका-८ मुगा बस्ने २७ वर्षीया सुगम राई र २३ वर्षीया निगम राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश-१-०४- ००१-प ४७७३ नम्बरको स्कुटर र बा.९६ प ७२११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने स्कुटर र मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीबाट अवैध लागूऔषध चरेश २ किलो ७५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ फकलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३५ वर्षीय निर्मल चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ६ सय ४० मिलिग्राम सहित मकवानपुर थाहा नगरपालिका- ६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ पंचगावा बस्ने ५० वर्षीया रेश्मा देवी भरलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ८ सय ८० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २७ वर्षीय गणेश गुप्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले तुलसीपुरदेखि गोठिखोलातर्फ जाँदै गरेको रा.७ प ८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।