काममाडौं । सत्तारुढ दल नेकपा एमालेले काममाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो। शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ।
शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवाना पत्र लेखेको थियो। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको जनाए।
उनले नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे। काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे। उनले कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गरे। उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गरे।