दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट

6

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुगेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

‘पूर्व सभामुख, वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाको निधनको खबरले म अत्यन्त दुस्खी भएको छु । श्री ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुऱ्याउनु भएको विशिष्ट योगदानका लागि हामी उहाँलाई सदा सम्झिरहनेछौँ। म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ ढुंगाना निवासमा पुगेर भण्डारीले दिएको शोक वक्तव्यमा भनिएको छ ।

पूर्व सभामुख ढुंगानाको गत मंसिर २ गते काठमाडौंमा निधन भएको थियो । ढुंगाना ०४८ सालदेखि ०५१ सालसम्म सभामुख बनेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here