नेवाः संस्कृतिमा तिथि मिति विवाद समाधान अभियान शुरु

16

काठमाडाैं । नेवाः संस्कृतिमा तिथि मिति विवाद समाधान अभियान शुरु नेवाः समाजमा तिथि मिति विवादको कारणले नेवाः संस्कृति मनाउने सवालमा धेरै नै नेवाः समुदाय अलमलमा परेका छन् ।

विशेष गरि स्वन्ति नखः, मोहनी नखः लगायतका संस्कृति मनाउने क्रममा तिथिको विवाले गर्दा नेवाः समुदाय नै एकता नभएको हो कि भनी विभिन्न प्रश्नहरु उठाउने गरेका छन् । त्यति मात्रै हैन तिथि विवादका कारण ललितपुर, भक्तपुर र काठमाण्डौका नेवाःहरु वीच नै विवाद हुने र सामाजिक सञ्जालमा र संचार माध्यममा समेत विवादका कुराहरु आउने गरेका छन् ।

तिथिको विवालाई समाधान गर्नुपर्छ भन्ने सवालमा नेवाःहरुको भावना रहेको अवस्थामा नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिले विवाद समाधानका लागि अभियाना शुरु गरेको छ । यसैवीच नेपाल ज्योतिष परिषद उपत्यका समितिको नयाँ नेतृत्वलाई नेवाः परम्पार अनुसार विशेष सम्मान खेँ सगं दिई तिथि विवाद समाधानका लागि अभियानको शुरुवाट गरेको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको संयोजनमा र नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिको आयोजनामा गत मंसीर ७ गते शुक्रवार मध्यपुर थिमिको लायकू क्षेत्रमा तिथि विवादको बारेमा कार्यक्रमको शुभारम्भ गरेको छ ।

कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष एवं पत्रकार श्रीकृष्ण महर्जनले तिथि विवाद समाधानका लागि नेवाः ज्योतिषहरुको सम्मेलन गर्नुपर्ने, काठमाण्डौको जनबहाल, ललितपुरको क्वाःबहाल, भक्तपुरको तलेजु लगायका काठमाण्डौ उपत्यकाका विभिन्न धार्मिक स्थाल र नेवाः समुदायमा पुरोहीतको काम गर्ने बज्राचार्य, जोशी, कर्माचार्य, राजोपाध्याययाका प्रतिनिधिहरु सहितको छलफल गरि करिव एक बर्ष भित्रमा समस्या समाधान गर्ने योजना बनाई अघि बढ्नुपर्ने बताउनु भयो ।

नेपाल ज्योतिष परिषद उपत्यका समितिका अध्यक्ष ज्योतिष यज्ञरत्न बज्राचार्यले नेवाः समुदाय भित्रको तिथि विवाद समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउदै ज्यातिषहरुको तर्फवाट पनि आवशयका भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताउनु भएको थियो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका सचिव हरि बहादुर श्रेष्ठले संचालन गर्नु भएको र नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका निर्वमान अध्यक्ष बाबुकाजि साछेँ श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रम नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका अध्यक्ष ज्ञानदेव श्रेष्ठको अध्यक्षतामा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा नेवाः देय् दबू काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला समितिका साथै विभिन्न नेवाः संगठनका प्रतिनिधिहरु सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here