भाटभटेनी सुपरमार्केटको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने

11

काठमाडाैं । देशभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने भएको छ।

भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता भएको हो।

समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ।  गो ग्रिन अन्तर्गत आगामी पुस्तालाई सचेत गराउनका लागि सौर्य उर्जामा लाग्न खोजिएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here