भारतमा एनपीएल फ्यानकोड एपमार्फत हेर्न सकिने

10

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड (FanCode) एपमार्फत हेर्न सकिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका लागि स्ट्रिमिङ पार्टनरको रूपमा फ्यानकोडलाई प्रस्तुत गरेको हो ।

योसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडका प्लेटफर्महरूबाट एनपीएलका सबै खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । त्यस्तै क्यानले ड्रिम ११ लाई आधिकारिक फेन्टासी स्पोर्ट्स पार्टनरका रूपमा प्रस्तुत गरेको छ ।

क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलमा ८ टिम प्रतिस्पर्धा गर्दैछन् । मैदानमै गएर खेल हेर्न खल्ती वालेटमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here