आजपनि प्रधानमन्त्री ओली चीनबाट फर्किंदा ३० मिनेट आकाश बन्द

10

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ ।

यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।

यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।

प्रधानमन्त्री चढेको विमान अवतरण हुनुअघि २५ मिनेट र अवतरण भएपछि ५ मिनेट गरी आधा घण्टा विमानस्थलमा अन्य जहाजका उडान-अवतरण रोकिएको हो ।

राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here