काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटको जीत दर्ता गरेको हो । यसअघि विराटनगर र कर्णालीलाई पराजित गरेको थियो । पोखराको भने लगातार दोस्रो हार हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।जनकपुरको जीतमा जेम्स निसम र लहेरु मिलान्थाका साथै आशिफ शेखको पारि उत्कृष्ट रह्यो ।
त्यसपछि आफिश र लहेरुले जनकपुरको जीतको आधार तयार पारे । दोस्रो विकेटको रुप्मा लहेरु ३२ बलमा ४५ रन बनाएर आउट भएका थिए । उनले ८ चौका प्रहार गरे । त्यसपछि हर्ष ठाकेर र आशिफले पारि अघि बढाए पनि सफल हुन सकेनन् । आशिफ ३४ बलमा ३३ रन बनाएर आउट भए । उनलाई पोखराका कप्तान कुशल भुर्तेलले आउट गरेका थिए ।
अन्त्यमा जेम्स निस र हर्ष ठाकेरले जनकपुरलाई जिताए । निसमले २० बलमा ४० रनको नटआउट पारि खेले । उनले ५ छक्का प्रहार गरे ।हर्ष भने १३ रनमा नटआउट रहे ।पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए ।
टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।
पोखराका लागि दीनेश खरेल र आन्द्रेस गोउस ओपनिङका लागि आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । पाँचौं ओभरको अन्तिम बलमा टिमको स्कोर ३२ रन हुँदा आन्द्रेस १६ बलमा २० रन बनाएर पभेलियन फर्किए । उनलाई ललित राजवंशीको बलिङमा आशिफ शेखले क्याच गरेका थिए।
स्कोरबोर्डमा २ रन थपिएका बेला दिनेश खरेल पनि पभेलियन फर्किए । जेम्स निसमको बलमा तुल थापाबाट क्याच आउट भए । दिनेशले १७ बलमा १० रन बनाए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका कप्तान कुशल भुर्तेल आज पनि धेरै बेर टिकेनन् । उनले ६ बलमा ६ रन बनाएर आउट भए । उनलाई ललितले नै आउट गरेका थिए । चौथो विकेटको रुपमा दिलीप नाथ एलबीडब्ल्यू आउट भएका थिए । तर उनले असन्तुष्टि जनाएका थिए । दिलीपले १४ बलमा ११ रन बनाए । उनले एक चौका प्रहार गरे । त्यसपछि मार्कस क्रेथ्लेले ३० बलमा ३५ रनको पारि खेले । उनले एक छक्का र तीन चौका प्रहार गरे ।
रेमोन रेइफर र मिचेल लिस्क मिलेर पोखराको पारि अघि बढाएका थिए । तर रेइफर २० बलमा १७ रन बनाएर कप्तान अनिलको हातबाट क्याच आउट भए । उनी आउट हुँदा पोखराले स्कोरबोर्डमा ६–१३१ रन बनेको थियो ।
अन्तिम ओभरमा लगातार तीन बल डट खेलेपछि चौथो बलमा माइकल लिस्क क्याच आउट भए । उनले १३ बलमा २५ रन बनाउँदा ३ छक्का प्रहार गरेका थिए । पोखराका नारायण जोशी ५ तथा विपिन खत्री १ रनमा नटआउट रहे ।
जनकपुरले आज ६ जना बलर प्रयोग गरेको थियो । ललित राजवंशीले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए । यसैगरी जेम्स निसमले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए भने मोहमद मोहसिनले ४ ओभरमा १७ रन दिएर १ विकेट लिए । किशोर महतोले ४ ओभरमा ३२ रन दिएर १ विकेट लिए ।