दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

16

काठमाडौं । साइबर अपराधको आराेपमा पक्राउ गरिएका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here