स्वदेशमै स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आम्दानी

9

 

बझाङ ।  बुंगल नगरपालिका ७ डाडागाउँ कमलबस्ति टोलका स्थानीय धनबहादुर बोहराले स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आमदानी गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा आलु, प्याज, टमाटर , बन्दा , मुला, रायो, बेमौसमी तरकारी सागपात फलाउने र विभिन्न किसिमका बोटविरुवाका बीउको ब्यार्ना राखेर बोटहरु समेत उत्पादन गरेको स्थानीय बाेहराले जानकारी दिए ।

आफ्नै खेतबारीमा मौसम अनुसारका तरकारी खेती र बेमौसमी तरकारी उत्पादन गरेर सामुदायिक विद्यालयहरु,  गाउँघरका बजारमा लगेर विक्री गर्ने गर्दछन । पैशा कमाउनका लागि बिदेशै जानुपर्छ भन्ने केही छैन मैले मेराे देशमा केही गर्न सक्छु भन्ने आँट गरेर देशमै  केहिन केही गर्न सकिन्छ भन्ने कुराकाे अहिले उहाँ उदाहरण बन्नुभएकाे छ ।

२०७९ सालदेखि अहिलेसम्म कृषिमा आवद्ध रहनु भएका पहिले छिमेकी देश भारत गएर अरुकाे घरमा काम गरेरै घर खर्च चलाइ रहेका थिए । पछि आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने साेच राखेर आफ्नै खेतबारीमा आधुनिक तरिकाले खेती गरेर अहिले तरकारी खान वा बजारमा लगेर बेच्न त्यसै गरि घरखर्च मात्रै नभई प्रशस्तै आम्दानी हुने गरेकाे जानकारी गराए ।

बोहराकाे बारीमा अहिले राईसल्लाका बोटहरु , दालचीनी , दाँते ओखर , टुडीका बोटहरु , अनार , सुन्तला , माल्टा , अमिलो चुक्क , जारिम , कागती लगाएतका विभिन्न किसिमका बोटका बेर्नाहरु पनि प्रशस्तै देख्न सकिन्छ ।

तरकारी खेतीले बजार पाएकाे भएता पनि बोट विरुवाहरुको व्यार्नाले भने साेचे जस्ताे बजार पाउन नसकेकाेमा दुखः व्यक्त गरे  । बजार व्यवस्थापनमा वडा सरकार र नगरपालिका सरकारले सहयोग गरिदिएमा अझै राम्रो आम्दानी गर्न सकिने उहाँकाे भनाई छ । आफ्नै लगानीमा तरकारी खेती गरिरहेका बोहरालाई स्थानीय सरकार वडा र नगरपालिकाले केही पनि सहयोग नगरेको  गुनासाे पाेखे । वडा र नगरपालिकाले अरु सहयोग नगरेपनि पोलिहाउस बनाउनलाई प्लास्टिक र बोटविरुवाका व्यार्नाका लागि बीउबिजन सहयोग गरिदिए कृषि खेती गर्न सजिलो हुने बोहराले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here