काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार सेयर बजार उच्च अंकका दरले बढेको छ ।
हिजाेको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको हाे । परिसूचकसँगै कारोबार रकम बढेको छ । हिजाे ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भएकाे छ ।
२ सय २६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो ।
बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढेकाे हाे ।
आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपरमादी हाइड्रोको ९.७, साहस ऊर्जाको ८.७१, मायाखोला हाइड्रोपावरको ८.५९, सप्तकोशी विकास बैंकको ८.२५, खानीखोला हाइड्रोको ८.१६, दोल्ती पावरको ७.८५ तथा स्वेतगंगा हाइड्रोको ७.६६ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे छ। तीबाहेक मूल्य घटेका अरुको गिरावट दर ३ प्रतिशतमुनि रहेकाे छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रह्याे ।