नेप्से ६.५३ अंकले बढ्यो

12

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो। यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो।

१३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो। यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो। फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढे।

माइक्रोफाइनान्स १.५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढे। बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशत घटे।

समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो। चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो। सामुदायिक लघुवित्तको १० प्रतिशत मूल्य घट्यो। बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here