काराओके गायन प्रतियोगिताका विजेताहरु पुरस्कृत

11

काठमाडौं । नेपालभाषाका गीत–संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘छंगु ल्यूल्यू’ गीतमा आधारित टिकटक प्रतियोगिता र काराओके गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ ।

अमर चित्रकारको शब्द, रचनाकार चित्रकार तथा सरिता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत ‘छंगु ल्यूल्यू’ गायन प्रतियोगितामा चन्द्रकृष्ण प्रजापतिले पहिलो पुरस्कार जित्न सफल भएका छन् । उनले पुरस्कारस्वरुप गीत रेकर्डिङ तथा म्युजिक भिडियो बनाउने मौका पाएका छन् ।

टिकटक प्रतियोगितामा प्रथम भएर श्रृतिका श्रेष्ठले १५ हजार रुपैयाँ नगद पुरस्कार जितेकी छिन् भने श्रेष्ठले नै टप भ्यूज पुरस्कारसमेत पाउँदै थप ५ हजार रुपैयाँ नगद पुरस्कार जितेकी हुन् । काराओके गायन प्रतियोगितामा द्वितीय भएर राजेशराज बज्राचार्य तथा तृतीय भएर सविनरत्न शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् । टिकटक प्रतियोगितामा श्रीजा अवालेले नगद पुरस्कार १० हजार रुपैयाँसहित द्वितीय, निकी बज्राचार्य देसारले ५ हजार नगदसहित तृतीय तथा १ हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ तथा समीर शंखदेव प्रजापतिले सान्त्वना पुरस्कार जितेका छन् ।

कार्यक्रममा प्रतियोगिताका निर्णायकहरु निल शाक्य, भूपेन्द्र बज्राचार्य, सुरजवीर बज्राचार्य तथा अमोघवीर बज्राचार्य सम्मान गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथिका रुपमा रहेका ललितपुर महानगरपालिका १६ वडाध्यक्ष निर्मलरत्न शाक्यले विजेता प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने खादा तथा माला कार्यक्रमकी सभापति गायिका सरीता महर्जन र विशेष अतिथि विजयरत्न असंबरेले प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here