काठमाडौं । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् ।
उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको हो ।
साथै, सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने, दुई देशबीच सम्पन्न सम्झौता समझदारीहरूको कार्यान्वयनलाई थप गति दिने, उच्चस्तरीय आदान–प्रदान कायम राखे, आपसी विश्वासलाई सुदृढ बनाई द्विपक्षीय हितका लागि सहकार्य विस्तार गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।