काठमाडौं । उपमा सञ्चार प्रा.ली तथा तेजनेपाल मल्टिमिडियाको संयुक्त आयोजना गरिएको दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ तथा दर्शक गायक तथा पत्रकार सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् लुम्बिनी प्रदेश संस्थापक सभामुख माननिय पुर्ण बहादुर घर्ती ज्युको प्रमुख आतिथ्यतमा र उपमा सञ्चार अध्यक्ष आशा गौतमको सभापतित्वमा, तेजनेपालका संस्थापक अध्यक्ष सुमन कुमार श्रेष्ठ सहित अन्य विशिष्ट आतिथी लगायतले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रमुख अतिथी पुन बहादुर घर्ती लगयतको बाहुबलीबाट डेउडा सम्राट नन्दकृष्ण जोशी, बरिष्ट सङ्गितकार जीवन परियार, बरिष्ट गायक रुपक परियार, बरिष्ट निर्देशक राजु गिरि, मौलिक गायिका पुजा परियार शेर्पा, मौलिक गायक कुशल बिश्वकर्मा, गायक बद्री प्रसाद सिटौला, गायक/सर्जक कृष्ण गैरे, गायक मोडल प्रकाश गौतम, मैथिली तथा भोजपुरी अभिनेत्री पुजा कुमारी पास्वान, पछिल्लो समयका चर्चित गायक बिश्वराम कार्की, जुरि निर्णायक तर्फ भजन सम्राट रेशम सापकोटा(जुरी सम्मान), वरिष्ठ गीतकार रोशन भट्टराई(जुरी सम्मान), निर्देशक केशवराज भट्ट(जुरी सम्मान), वरिष्ठ पत्रकार केदरनाथ कोइराला, कला सम्मान तर्फ फेसन डिजाईनर सन्चिता बराल, सिनियर कस्मेटोलोजिस्ट मन्दिरा खड्का कार्यक्रममा संयुक्त रुपमा सम्मानित हुनु भएको थियो ।
राष्ट्रिय भावनाका गीत, लोक दोहोरी गीत, एकल लोक गीत, चार्ड पर्व गीत, कौडा, सालैजो, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गित, जनचेतनामूलक फिल्म लगायतका बिधाबाट गरि ७६ जना कलाकारहरु पुरस्कृत हुनु भएको थियो ।
तेजनेपाल मल्टिमिडियाका संस्थापक अध्यक्ष, उपमा सञ्चारका संयोजक समेत रहनु भएका सुमन कुमार श्रेष्ठ ज्युले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा जनसङ्गित कलाकार मंचका महासचिब वरिष्ठ गायक/उद्घोषक अमृत खाती ज्युले शुभकामना मन्तब्य दिनु भएको थियो । विभिन्न संघ संस्थाका उत्कृष्ट ब्याक्तित्वहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले सङ्गितमय माहोल बनाएको थियो ।
बिशिष्ट अतिथि ओम प्रकाश पुन ज्यु, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष, जुरि निर्णयक लगायत सम्मानित ब्याक्तित्वहरु मार्फत राष्ट्रिय भावना गीतको विधाबाट अवार्ड ग्रहण वितरण सुरुवात गरिएको थियो । कार्यक्रमको सचालन कुशल उदघोषक अनिल अघातले गर्नु भएको थियो ।
अवार्डित हुनु हुनेहरुमा राष्ट्रिय भावनामा सर्वोत्कृष्ट गायक-सुर्यमणी आचर्य, सर्वोत्कृष्ट गीतकार-बिरेन मालाकार, आधुनिक गीतमा सर्वोत्कृष्ट गायक-किरन पुन, सर्वोत्कृष्ट नव गायक-थुमन शर्मा, सर्वोत्कृष्ट संगीतकार-सरोज पोखरेल,सर्वोत्कृष्ट गीतकार सबित बज्राचार्य, सर्वोत्कृष्ट छांयाकन राजु के सि, सर्वोत्कृष्ट श्रींगार अशोक रोका, सर्वोत्कृष्ट मोडल(पुरुष) रेशम नेप्किन, राज पौडेल(जुरि), सर्वोत्कृष्ट मोडल(महिला) श्रीष्टिना क्षेत्री, सर्वोत्कृष्ट नव मोडेल(पुरुष)परसु गिरि, सर्वोत्कृष्ट नव मोडल(महिला) रेजिना उप्रेती, सर्वोत्कृष्ट नव मोडल(महिला)(इनकरेज) उर्मिला वि सि, सर्वोत्कृष्ट कोरियोग्राफर सुरेन्द्र बसेल, लोक पपमा सर्वोत्कृष्ट गायक रोज मोक्तान, सर्वोत्कृष्ट गायक(जुरि) जयकृष्ण खडगी, सर्वोत्कृष्ट गीतकार विष्णु भण्डारी, सर्वोत्कृष्ट कोरियोग्राफर सुरेन्द्र बसेल, सर्वोत्कृष्ट मोडल सुमन ज्योती न्यौपाने(‘ल्याङ्रे दादा), मौलिक गीतमा सर्वोत्कृष्ट गायिका सपना रोका, सर्वोत्कृष्ट नव गायक रमेश सार्थक, लोक गीतमा सर्वोत्कृष्ट गायक राजकुमार देवकोटा, भाषाभाषीमा सर्वोत्कृष्ट गायक टुगेन श्रेष्ठ/दिपक गुरुङ, सर्वोत्कृष्ट नव मोडेल(महिला) सुस्मा थापा, चाडपर्वमा सर्वोत्कृष्ट नव गायक राम बाहादुर सुनार, काठेमा सर्वोत्कृष्ट गायिका यशोदा बिडारी, सालैजोमा सर्वोत्कृष्ट गायक धुर्व जि सि, पञ्चेबाजामा सर्वोत्कृष्ट गायक-अमित विश्वकर्मा, युवराज छन्त्याल(जुरी), लोक दोहोरीमा सर्वोत्कृष्ट गायक-सिताराम परियार, सर्वोत्कृष्ट गायक शोभित कुमार वि क(जुरि), सर्वोत्कृष्ट गायक धिरज कोइराला(पब्लिक च्वाईस), सर्वोत्कृष्ट गायिका मधु रसाईली, सर्वोत्कृष्ट नव गायिका कसम रानी ठकुरी, सर्वोत्कृष्ट नव गायिका सन्जु परियार(जुरि), सर्वोत्कृष्ट मोडल(पुरुष) रमेश आर डि, सर्वोत्कृष्ट निर्देशक शेर बहादुर डि सि, प्रत्यक्ष लाइभ दोहोरीमा सर्वोत्कृष्ट गायक शंकर सुनार, सर्वोत्कृष्ट गायिका गोमा हिमाली, सर्वोत्कृष्ट गायिका बिमा कुमारी बि क(जुरि), सर्वोत्कृष्ट नव गायिका दिब्या अछामी, मौलिक लोक दोहोरीमा सर्वोत्कृष्ट गायक नारायण पौडेल, सर्वोत्कृष्ट गायिका बिमला गैरे, सर्वोत्कृष्ट गायिका शितल गिरी(जुरी), छोटो चलचित्र सर्वोत्कृष्ट अभिनेता बद्री शाह, सर्वोत्कृष्ट अभिनेत्री शोभा कुंवर, टेलिसिरियल, सर्वोत्कृष्ट अभिनेता भगवान भण्डारी, सर्वोत्कृष्ट अभिनेता सन्तोष न्यौपाने(मुक्तिनाथ)(जुरि), सर्वोत्कृष्ट अभिनेता हरी शरण गिरी(पब्लिक च्वाईस), सर्वोत्कृष्ट अभिनेत्री माधवा खनाल, सर्वोत्कृष्ट अभिनेत्री साबित्रा चिलवाल(जुरी), सर्वोत्कृष्ट अभिनेत्री सन्ध्या खडका(पब्लिक च्वाईस), सर्वोत्कृष्ट नव अभिनेत्री सरु कार्की, सर्वोत्कृष्ट खलपात्र रमेश अधिकारी, सर्वोत्कृष्ट खलपात्र गोकुल सुवेदी (जुरी), वाद्द्वादनमा सर्वोत्कृष्ट वाद्दवादक शिवराज गौतम(सेक्साफोनिस्ट), स्टेज पर्फर्मर लाईभमा गायन जीवन थापा, सर्वोत्कृष्ट नृत्य बिमिता श्रेष्ठ, सर्वोत्कृष्ट नृत्य मनिषा श्रेष्ठ(जुरी) लगायतका कलाकार अवार्डित हुनु भएको थियो । एसिया प्यासिफिक स्कुल कलेज, आरजिबी कन्स्ट्रक्सन प्रा लि, नेचुरल लाईफ फाउण्डेशन, सुट हब, जि एम ब्युटी सलुन, के आई ई सी, एक एक पाइला फाउन्डेसन लगायतको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पुन बहादुर ज्युले कलाकार राष्ट्रका गहना हुन, एक महत्वपूर्ण रहेको बताउदै राज्यले संरक्षण गर्न तर्फ ध्यान दिनु पर्ने कुरा पनि बताउनु भयो ।
दशक सम्मान तथा अवार्ड कार्यक्रमहरु गर्नाले अग्रजलाई सम्मान र नव कलाकारलाई हौसला र उर्जा थपिन सहयोग हुने हुनाले यस्ता कार्यक्रमहरु गरिरहन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक संस्था र संस्थाका संयोजक, कार्यक्रम संयोजक र अध्यक्ष आशा गौतम ज्युलाई धन्यवाद साथै आगामी दिनहरुमा अझै यस्तै अभियानका लागि अग्रिम शुभकामना दिनु भएको थियो ।
सम्पूर्णमा हार्दिक धन्यवाद भन्दै कार्यक्रम समापन घोषणा कार्यक्रम संयोजक अमन एकल राम कृष्ण पाण्डेले गर्नु भएको थियो । कलाकर्मी र सञ्चारकर्मीहरुका हक र हितका, मौलिक संस्कृतिको जगेर्ना, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने अभियानका साथ सबैको मन मुटुमा बस्न सफल ब्यक्ती एउटी चेलीले सम्पुर्ण बिधाका कलाकार पत्रकारहरुको कला र क्षमतालाई न्याय दिनको लागी सदैब लाग्ने छु भन्दै अबको हाम्रो अभियान लुम्बिनी राष्ट्रिय अवार्ड २०८१ को तयारीमा रहेको आयोजक उपमा सञ्चार प्रा.लि. अध्यक्ष आशा गौतम तथा आयोजक तेजनेपाल मल्टिमिडियाका संस्थापक अध्यक्ष सुमन कुमार श्रेष्ठले संयुक्त रुपमा जानकारी गराउनु भयो ।