सवारी दुर्घटनामा तीन जनाको मृत्यु

12

काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-१ सौरी मोडस्थित सडकमा ना.८ ख ३३३ नम्बरको ट्याङ्कर र भे.९ प ९५१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ४९ वर्षीय घमन बहादुर शाही र सोही उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय रूपेश बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, वृन्दावन नगरपालिका-९ भुसहास्थित सडकमा भुसाहाबाट महमदपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई लमहा खोलामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ बहुअरी बस्ने २५ वर्षीय संजय साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गरूडास्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here