काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको जनाएका छन्।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जनाएका छन्। उनले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने जनाए।
उनले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गरे। एकतासँगै परिवर्तनविरोधी तागतको विरुद्ध संघर्षको आवश्यकता रहेको जनाए।
राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको उनको धारणा थियो। उनले भने, ‘क्रान्तिका, परिवर्तनका उपलब्धिहरु गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छन्। क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुको एकताको आवश्यकता छ।’