सार्वभौम सत्ता संसदमा होइन की जनतामा छ

23

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको जनाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले जनतामा रहेको सार्वभौम सत्ता चुनावमार्फत ‘डेलिगेट’ गरिएको जनाएका हुन्।

‘त्यो पावर जनतामा भएकै कारणले अर्को पटकको चुनावमा अर्कोलाई पावर डेलिगेट गर्ने हो।  हिजोका सांसदले मसँग पावर छ भन्न पायो र ? त्यसैले सार्वभौम सत्ता संसदमा होइन की जनतामा छ,’ उनले भने।

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरुका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने उनले जनाए।

संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here