स्रोत नखुलेको रकम सहित पक्राउ

32

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय उजिर मिया समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here