काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यसम्पादन मूल्यांकन जिल्लाभरकै कमजोर पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो ।
१७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएको हो ।
आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।