माछापुच्छ्रे । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्।
सोमबारबाट हल्का वर्षा सुरु भएको र मंगलबार हिमपात भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । मर्दी हिमालमा हिमपात भएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीसमेत उत्साहित भएका छन्। हिउँ परेपछि मर्दीसहित वरिपरिका हिमाल सेताम्मे बनेका छन् ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।
थप तस्वीरहरु :