काठमाडौं । रत्न राज्य क्याम्पस स्नातकोत्तरमा अध्ययनरत
कलाकार, कलासंस्कृति प्रेमी, क्यालीजात्रा तथा नेपालभाषा अभियान्ता एवम् बहुमुखी प्रतिभाकी धनी जाज्वल्यमान निभा डंगोलले उमेदवारी दिएका छन् ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु संयुक्त पेनलकाे तर्फबाट सदस्य पदमा उमेदवार दिएका छन् ।
यही चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा “विश्वमा नेपाललाई चिनाउन सफल रञ्जना लिपि, कला, संस्कृति, भाषा, साहित्य सम्पदा संस्कृतिकाे जगेर्ना र प्रवर्द्धन गर्न शिक्षा एक मुल आधार” भन्ने मुल नाराका साथ स्ववियु निर्वाचनमा उमेदवारी दिएका डंगोलले यी मुद्दालाई अगाडि सारेका छन्।
१) नेपाली शैक्षिक प्रणालीमा गुणस्तरीय सुधार ।
२) लाेक,कला, सीप र प्रविधिकाे प्रवर्द्धन।
३) प्राकृतिक स्राेत साधनकाे सदुपयोग ।
४) हरेक नेपालीकाे पहुँचमा गुणस्तरीय शिक्षा ।
५) प्राविधिक शिक्षामा जाेड ।