ललितपुर । महालक्ष्मी नगरपालिका-३ ईमाडोल महर्जन चोकस्थित जग्गा भडामा लिई टहरो बनाई बसेका गिर कुमारी श्रेष्ठको कोठाबाट डेढ तोला बराबरको सुनका गहना, मोबाइल १ थान र नगद ३० हजार रूपैयाँ गरी करिब २ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।