आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

11

काठमाडौं । गुल्मी, धुर्कोट गाउँपालिका-२ पिपलधारा घैयारा बस्ने ३८ वर्षीय निरन थापाको गोठमा शुक्रबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-४ नागी माछखर्क बस्ने शिरी घिमिरेको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाल्पा, रम्भा गाउँपालिका-३ पिपलडाँडा बस्ने ६० वर्षीय राम प्रसाद अर्यालको गोठमा शुक्रबार बिहान आगलागी हुँदा गोठ जलेर आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here