गाउँगाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रम ओली

15

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्‍याएको जनाएका छन्।

नेपाल नगरपालिका सङ्घको आज आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको जनाए।

‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन। त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन। जनतालाई सेवा दिने नजिकको सरकार यही हो,’ उनले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनवटै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ।’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here