काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ ५जी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने– “ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ अवेसम इन्टेलिजेन्सले हाम्रो ‘एआई फर अल’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”
विशेष प्रि-अर्डर अफरहरू
-२ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए५६ ५जी प्रि-अर्डर गर्न सकिनेछ।
-प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट३, केवल ३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन्।
उपलब्ध भेरियन्टहरू-
१२ जिबी र्याम + २५६ जिबी स्टोरेज भएको स्मार्टफोनलाई ७० हजार ९९९ रुपैयाँ र
८ जिबी र्याम २५६जिबी स्टोरेज भएकोलाई ६५ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।