प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवरसिंह बस्नेतको निधन

16

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पुनर्जागरण साप्ताहिकका प्रकाशक सम्पादक रहेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ।७८ वर्षको उमेरमा ब्रेन ह्याम्ब्रेजका कारण उनको निधन भएको हो।

गएराति भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको अन्नपूर्ण न्युरो अस्पताल पुर्‍याइएको थियो।शनिबार बिहान १० बजे सम्बन्धित चिकित्सकले उनलाई मृत घोषित गरिदिएका पारिवारिक श्रोतले जनाएको छ।

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा बस्नेत लौह पुरुष स्व गणेशमान सिंहको सबैभन्दा नजिकका जानकार मानिन्छन्।  नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहेका बस्नेतको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति स्थित आर्यघाट पुर्‍याइएको छ। अपराह्न १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतले बताएका छन्।

दिवंगत वरिष्ठ पत्रकार बस्नेतका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here