किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बने

18

दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बनेका छन् ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज काेशी प्रदेश विरुद्ध शतक बनाउँदै एउटै प्रतियोगितामा दुई शतक बनाउने पहिलाे खेलाडी बनेका छन् ।

 

किरणले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे ।

फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेशविरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
२०२४ मा आयरल्यान्ड विरुद्ध टी-२० प्रतियोगितामा डेब्यु गरेका किरणले आफ्नाे ब्याटिङमा निखार ल्याउँदै राष्ट्रिय टीममा बलियाे दावेदारी देखाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here