नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकाल्याे

12

काठमाडौं । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ।

सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले  सिङ्गापुरमाथी १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो। उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन्। सिङ्गापुर विरूद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।

पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए। सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो। जसमा पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो।

नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो। त्यतिबेला नेपाल २–० ले पराजित भयो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई  गोलरहित बराबरीमा रोकेको थियो।

योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया  प्रस्थान गर्नेछ। मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here