प्रेस चौतारीको महाधिवेशन सुरु

15

विराटनगर । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ।

महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका हुन्।

महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले जनाएका छन्।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here