सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली

17

 

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को साउन भदौ असोज, कात्तिक, मङ्सिर, पुस, माघ र फागुन महिना गरी आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङकका आधारमा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ र असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपियाँ, मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपियाँ र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख ९१ हजार रुपियाँ त्यस्तै गरी माघ चार अर्ब २९ करोड ९२ लाख ३५ हजार रुपियाँ महिनामा राजस्व सङ्कलन गरेको थियो भने फागुन महिनामा चार अर्ब ६८ करोड ६३ लाख २५ हजार रुपियाँ महिनामा राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले दिएको ३८ अर्ब ७७ करोड ५० लाख ५९ हजार रुपियाँ राजस्व संकलनको लक्ष्यमा कार्यालयले ५ अर्ब ७ करोड ७९ लाख २६ हजार रुपियाँ कम राजस्व असुली गरी ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्ष २०८०-८१ को पहिलो ८ महिनामा कार्यालयले ३२ अर्ब १६ करोड २६ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष २०८०-८१ को पहिलो आठ महिनामा संकलित राजश्वभन्दा १६ करोड ६१ लाख ८२ हजार रुपियाँ बढी राजस्व यस चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा सङ्कलन भएको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले ८ महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँको ५३ दशमलव ८४ प्रतिशत  राजस्व सङ्कलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । दीपकप्रसाद गौतम, गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here