आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

11

काठमाडौं  । ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-१ गैरीगाउँ बस्ने टेक बहादुर खत्रीको किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल, पसल भित्र रहेका किराना सामानहरू, फ्रिज, नगद र सुनको गरगहना समेत पूर्णरूपमा जलेर करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुम, छथर गाउँपालिका-४ स्थित तिनघरे गाउँ नजिकै रहेको फुलमाने सामुदायिक वनमा आइतबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पूर्ण बहादुर लिम्बु र दल बहादुर लिम्बुको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-५ सिङथाप बस्ने सन्तोष तामाङको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर, घर भित्र रहेका अन्तपात, भाँडावर्तन, काठपात, सुनका गहना, नगद, मोबाइल, लगायतका सामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, मनरा शिसवा नगरपालिका-९ बथनाहा बस्ने ५० वर्षीय श्याम सिंहको घरमा गए राति आगलागी हुँदा करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here