कुरिलो र सजिवनको मूल्यमा गिरावट

35

काठमाडौं । बजारमा कुरिलो र सजिवनको मूल्यमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकमा यी दुई तरकारीको मूल्यमा गिरावट आएको देखिएको हो ।

आज सोमबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो २ सय ८४ रुपैयाँ र सजिवनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको छ । आइतबार कुरिलो प्रतिकिलो ९ सय रुपैयाँमा किनबेच भएकोमा आज ६ सय १६ मा किनबेच भइरहेको छ ।

यस्तै सजिवन हिजो आइतबार किलोको २ सय ९० रुपैयाँमा किनबेच भएकोमा आज १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here